बागलुङ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा बागलुङका दुई नेता निर्वाचित भएका छन् । असोज २३ गते सम्पन्न निर्वाचनबाट केन्द्रीय सदस्यमा रेणुका काउचा र भीम श्रीस निवाचित भएका हुन् । काउचा आदिवासी जनजाति खुला महिला क्लस्टरबाट र श्रीस जनजाति खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचन परिणाम अनुसार काउचा मगरले २ हजार ३९२ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् हुन् । यस समूहबाट ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा आठ जना निर्वाचित भएका छन् । काउचा प्रतिनिधि सभा सदस्यसमेत हुन् ।
आदिवासी जनजाति खुलातर्फ श्रीस मगरले २ हजार ४६ मत प्राप्त गरेका छन् । खुलातर्फ ४१ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा १२ जना निर्वाचित भएका छन् । श्रीस गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । श्रीस विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य बनेका थिए ।
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative