Logo

Sep 05 2026 | २०८३, भदौ २० गते

Sep 05 2026 | २०८३, भदौ २० गते

images

सम्बोधन परियोजनाको प्रगति सार्वजनिक र सुझाव संकलन (भिडियाे)

सम्बोधन परियोजनाको प्रगति सार्वजनिक र सुझाव संकलन (भिडियाे)

बागलुङ । फेयरमेड फाउन्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाकोे पछिल्लो ९ महिनाको उपलब्धी तथा प्रगति सार्वजनिक गरिएको छ । बिहीबार सरोकारवालासँग सुझाव संकलन गर्नुका साथै उपलब्धी सार्वजनिक गरेको हो ।

सो अवसरमा जिल्ला समन्वयल समिति बागलुङका प्रमुख अमरबहादुर थापाले नागरिकको आवश्यकताका आधारमा काम गर्नु पर्नेमा जोड दिए । सरकारी गैरसरकारी निकायको सहकार्यमा धेरै काम भएको भन्दै स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।

स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई चुस्त बनाई नागरिकलाई सहज बनाउनु पर्नेमा प्रमुख थापाले जोड दिए । सम्बोधन परियोजनाले जिल्लाका धेरै स्वास्थ्य संस्थामा सहयोग गर्दा नागरिकको उपचारमा सहज भएको प्रमुख थापाले बताए ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले गरिबीका कारण स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकलाई पहुँचमा ल्याउनु पर्ने बताए । पछिल्लो समय समाजमा नसर्ने रोग बढ्दै गएको भन्दै यसको न्यूनिकरणमा सम्बोधन परियोजनासँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

बालविवाह, मानसिक रोग र आत्महत्या न्यूनिकरणका लागि काम गर्न आवश्यक रहेको नगरप्रमुख श्रेष्ठले बताए । उनले मानवसेवा आश्रममा रहेका आश्रितहरुलाई पनि सम्बोधन परियोजनासँग जोड्न आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख धनश्याम सापकोटा, पत्रकार महासंघ बागलुङ अध्यक्ष राम थापा, गैरसरकारी महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, पत्रकार प्रकाश बराल लगायतले सम्बोधन परियोजनामार्फत स्वास्थ्य संस्थामा दिएका उपकरणको मर्मत सम्भारमा पनि काम गर्नु पर्ने सुझाए ।

सो अवसरमा सम्बोधन परियोजनाका संयोजक विष्णु सुवेदीले हालसम्म प्राप्त उपलब्धीहरुका बारेमा प्रकाश पारेका थिए । कार्यक्रम सुजन पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative