Logo

Sep 05 2026 | २०८३, भदौ २० गते

Sep 05 2026 | २०८३, भदौ २० गते

images
सहयाेग

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ । नागरिकले पाउने सुविधालाई थप सहज बनाउनका लागि बागलुङका ४९ स्वास्थ्य संस्थालाई लाखौको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नेपाल गाजा डेपलभमेन्ट फाउन्डेसन र फेयरमेड फाउन्डेसनका साझोदारीमा संचालित सम्बोधन परियोजनाले जिल्ला सदरमुकामदेखि दूर दराजसम्मका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

परियोजनाले रु ११ लाख २६ हजार २०० को स्वास्थ्य सामग्री तथा फर्निचर उपलब्ध गराएको हो ।  काठेखोलाका तीन स्वास्थ्य संस्थामा रु दुई लाख ८० हजार ३९५, निसीखोलाका आठ स्वास्थ्य संस्थालाई रु एक लाख १८ हजार ७२९, ढोरपाटनका पाँच स्वास्थ्य संस्थालाई रु एक लाख २८ हजार ७१८, जैमिनी नगरपालिकाका चार वटा स्वास्थ्य संस्थामा रु ५४ हजार १२७ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराएको परियोजनाका अनुगमन अधिकृत सुजन पौडेलले जानकारी दिए ।

त्यस्तै, बडिगाडका गाउँपालिकाका आठ स्वास्थ्य संस्थालाई रु एक लाख ३२ हजार ३३४, बागलुङ नगरपालिकाका छ वटा स्वास्थ्य संस्थालाई रु एक लाख ९६ हजार ५७४, गलकोटका २ स्वास्थ्य संस्थामा रु ४६ हजार ६६९, ताराखोलाका चार वटा स्वास्थ्य संस्थालाई रु ६५ हजार ८२२, तमानखोलाका पाँच वटा स्वास्थ्य संस्थालाई ५९ हजार २१२ र बरेङ गाउँपालिकाका चार वटा स्वास्थ्य संस्थालाई रु ४३ हजार ६१८ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराएको उनको भनाइ छ ।

परियोजनले स्वास्थ्य संस्थाहरुमा अति आवश्यक सामग्रीहरु सहयोगसहित प्रसूति प्रतिक्षा घर निर्माण गरेको पौडेलले बताए । धेरै ठाउँमा प्रयोगशालाका सामग्री, घाइते तथा बिरामीका लागि स्पाइनल बोर्ड, स्टेचर, व्हीलचियर, पेरिलाइट, इएनटी सेट, कलर बकेट, निडिल कटर, सर्जिकल ड्रम, रक्तचाप नाप्ने सेट, टाइमर लगायतका महत्वपूर्ण सामग्रीहरु उपलब्ध गराएको उनको भनाइ छ ।

पौडेलले भन्नुभयो – “हामीहरुले जहाँ बिरामीको बाक्लो उपस्थिती हुन्छ र उपकरणहरु अभाव छ, त्यस स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर काम गरि रहेका छौँ, खास गरि स्वास्थ्य संस्थालाई बलियो बनाइ आम नागरिकको स्वास्थ्य सेवालई प्रभावकारी बनाउनका लागि परियोजनामार्फत सहयोग गर्दै आएका हौँ, देख्दा सानो तर निकै ठूलो काम गर्ने सामग्रीहरु उपलब्ध गराएका छौँ ।”

परियोजनाको सहयोगमा गलकोट नगर अस्पतालमा बनेको प्रसूति प्रतिक्षा घरबाट धेरै गर्भवती तथा सुत्केरी महिलाहरुले सेवा लिएको अस्पताल प्रमुख डाक्टर राजेश पौडेलले जानकारी दिए । अस्पतालमा प्रयोगशालाका लागि आवश्यक उपकरणसमेत उपलब्ध भएको भन्दै स्वास्थ्य परीक्षणमा सहज भएको उहाँको भनाइ छ । परियोजनाको सहयोगले नगर अस्पतालबाट प्रवाह हुने सेवामा गुणस्तर थपिएको डाक्टर पौडेल बताउँछन् ।

सम्बोधन परियोजना जिल्लाका दश वटै पालिकामा सञ्चालित छ । नौ महिनादेखि जिल्लामा संचालत यस परियोजनाले १९ जना अपाङ्गता भएका नागरिकहरुलाई जीविकोपार्जनका लागि सहयोगसमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative