बागलुङ । फोनमा ठूलो स्वरले बोलेको निहुँमा चक्कु प्रहार गरि एक जनाले आफ्नै साथीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत साउन २६ गते राती बागलुङको कोठेखोला गाउँपालिका–३ माजकेटरामा मजदुरी गर्न आएका मजदुरलेनै आफ्नो साथीको हत्या गरेका हुन् ।
ढोरपाटन नगरपालिका–७ का ३६ वर्षीय अशोक खत्रीको हत्या आरोपमा प्रहरीले ढोेरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्ती र ३६ वर्षीय रिखे दमाईलाई घटना भएको भोलीपल्ट नियन्त्रणमा लिएको थियो । दुई जनालाई पक्राउ गरि प्रहरीले अनुसञन्धान सुरु गरेको थियो । अनुसन्धानबाट अर्जुनले धारिलो चक्कु अशोकको घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको खुलेको छ ।
मजदुरीका लागि आएका तीनै जना २५ गते रातीसँगै बसेर मादक पदार्थ सेवा गरेका थिए । सोही क्रममा अशोकको मोबाइलमा फोन आएपछि उनी फोनमा चर्को आवाजले बोकोको निहुँमा तीन जना बिच झगडा भएको थियो । त्यस दिन पनि उनीहरु हात हालाहाल गरेका थिए ।
भोलीपल्ट विहानैदेखि आ–आफ्नो काममा लागेका उनीहरु साँझा सँगै भएर मादक पदार्थ सेवन गरे । अघिल्लो दिनको कुरालाई लिएर झगडा गर्दा अर्जुन घर्ती मगरले अशोकको घाँटीमा चक्कु प्रहार गरे । चक्कु प्रहार गर्दा अशोकको घटनास्थलमै मृत्यु भयो । खत्रीको मृत्यु भएपछि स्थानीयले घर्ती र दमाईलाई समाएर प्रहरीलाई बुझाएका थिए ।
अनुसन्धान गर्दा अर्जुनले चक्कु प्रहार गरि हत्या गरेको स्वीकार गरेका छन् । अहिले दुई जनालाई नै हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरि रहेको छ ।
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative