Logo

Oct 29 2026 | २०८३, कात्तिक १३ गते

Oct 29 2026 | २०८३, कात्तिक १३ गते

images

इनम सापकोटाबारे प्रकाशित समाचारको आधिकारिकता पुष्टि गर्न प्रहरीको आग्रह

इनम सापकोटाबारे प्रकाशित समाचारको आधिकारिकता पुष्टि गर्न प्रहरीको आग्रह

काठमाडाैँ । ‘बिचौलिया’को आरोपमा पक्राउ परेका इनम सापकोटासँग विभिन्न व्यक्तिको सम्बन्ध रहेको दाबीसहित प्रकाशित समाचारको आधिकारिकता पुष्टि गर्न प्रहरीले आग्रह गरेको छ।

सापकोटासँग प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहित विभिन्न व्यक्तिको ‘कनेक्सन’ भेटिएको दाबीसहितका समाचार सार्वजनिक हुन थालेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले यस्तो आग्रह गरेको हो।

परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाद्वारा जारी विज्ञप्तिमा प्रचलित कानुन र प्रक्रियाअनुसार मुद्दाको अनुसन्धान गोप्य रूपमा भइरहेको जनाइएको छ। अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रहरी प्रतिबद्ध रहेको जनाउँदै परिसरले मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री प्रकाशन गर्दा आधिकारिकता पुष्टि गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मुद्दासँग सम्बन्धित सूचना एवं सामग्रीहरू सम्प्रेषण वा प्रकाशन गर्दा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भएकोले आधिकारिकता पुष्टि गर्न समेत अनुरोध गरिएको छ।’

प्रहरीले अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना नगरे कानुनबमोजिम हुने चेतावनीसमेत दिएको छ।

प्रहरी परिसर काठमाडौंले सापकोटालाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेपछि उनको मोबाइलको प्राविधिक जाँचका क्रममा सापकोटासँग सम्बन्ध देखिएको दाबी गर्दै उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको विवरण सार्वजनिक भएको थियो।

सापकोटाको मोबाइलको प्राविधिक जाँचका क्रममा आईजीपी दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी, पूर्वएआईजी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँललगायत व्यक्तिसँग सम्बन्ध रहेको दाबीसहित विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका छन्।

यद्यपि, उक्त विषयमा प्रकाशित विवरणहरू प्रहरी परिसरबाट उपलब्ध गराइएको नभएको जनाउँदै प्रहरीले समाचारको आधिकारिकता पुष्टि गर्न आग्रह गरेको हो।

870394694_1660767188752502_6701681537716225646_n.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

नयाँ अपडेट