Logo

Oct 28 2026 | २०८३, कात्तिक १२ गते

Oct 28 2026 | २०८३, कात्तिक १२ गते

images
उद्यम

बागलुङमा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने ‘लोकनाथ’ (भिडियाे)

बागलुङमा सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने ‘लोकनाथ’ (भिडियाे)

बागलुङ । बसाइँसराले गाउँ रित्तिदै छ । छरछिमेकीले थातथलो छोडिसके । सुन्तलाले ढपक्क ढाकिएको गाउँमा संभावना अथाह छ । तर संभावनाको खोजी गर्दै स्थानीय भने सहर बजार झर्दै छन् । काठेखोला गाउँपालिका–६ किमबोट गाउँमा एक दशक अगाडिसम्म ४५ घर परिवार बस्थे । तर अहिले आधा बढी  बसाइँसराइ गरे । गाउँमा भएकाहरु पनि सहर झर्ने मिति जुराउँदै छन् । किमबोटबाट बसाइँ सर्ने मध्येका लोकनाथ कँडेल पनि एक हुन् ।

१३ वर्ष अगाडि सुविधा खोज्दै बागलुङ बजार झरेका कँडेल अहिले पनि प्रायः गाउँमै भेटिन्छन् । कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला । जिल्लामै अगुवा किसानका रुपमा परिचित कँडेलले बसाइँसरे पनि जग्गा जमिन र घर छोडेका छैन् । किमबोट गाउँमा उनको ३२० बोट सुन्तला छन् । त्यस मध्ये २५० बोटले फल दिइरहेको छन् । सुन्तलाको स्याहार सुसारका लागि उन हरेक हप्ता गाउँ पुग्छन् । कँडेलले सुन्तला खेती गर्न थालेको साढे तीन दशक बढी भयो ।

वि.सं. २०४७ सालमा रु ३५ हजार लगानी गरेर सुरु गरेको सुन्तला खेती अहिले फस्टाएको छ । हरेक वर्ष आम्दानी बढ्दै गइरहेको छ । ०४७ सालमा कँडेलले सुन्तला खेती सुरु गर्दा बागलुङ जिल्लामै सडक आएको थिएन । स्थानीय कासीराम कँडेलले बिहुँ क्षेत्रमा सुन्तला खेतीको सुरुवात गरेका थिए । उनबाटै सिकेर लोकनाथले सुन्तला लगाएका थिए । ६० वर्षीय लोकनाथले १४ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् ।

गाउँको माया र सुन्तला खेतीप्रतिको मोहले गर्दा बागलुङ छोडेर टाढा बसाइँ नसेको कँडेल बताउँछन् । वरपरका छिमेकीले धमाधम गाउँ छोडेपछि आफूले पनि परिवार लिएर बागलुङ बजार आएको उनको भनाइ छ । बिरामी पर्दा नजिक उपचार गर्न आशले मात्रै आफू बजार झरेको कँडेलले बताए । भएभरको सम्पत्ति गाउँमै रहेको भन्दै कँडेलले अहिले पनि सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने आफू भएको सुनाए ।

“दबाइ पानी खाने हस्पिटलको नजिक भनेर बजार झरेको, हाम्रो नातागोता र छरछिमेकी सबै तराई तिर गए, हामीहरु चाही घर पाइक पर्छ भनेर बागलुङ बजारमा आएको हो, यहाँबाट गाउँ नजिक छ, हरेक साता गाउँ जाने सुन्तलामा मल पानी लगाउने, गोडमेल गर्ने काम गर्छु” उनले भने – “म बजारमा बस्ने भन्ने मात्रै मेरो मन दिनहुँ गाउँमा हुन्छ, गाउँमा धेरै सुन्तला छ, अझ यो बेला टिप्नका लागि तयार हुँदै छ, चोर लाग्ने डर हुन्छ ।”

कोदो, मकै फल्ने बारीभरी सुन्तला
अहिले लटरम्म सुन्तला फलेका बारीमा पहिले कोदो, मकै उत्पादन गरेर जीविकोपार्जन गरेको कँडेलले स्मरण गरे । मकै र कोदो उत्पादन गर्दा वर्षभरी खान नपुग्ने भन्दै अहिले सुन्तलाले जीवनस्तरनै परिवर्तन भएको कँडेल बताउँछन् । सुन्तला खेतीबाट छोराहरु पढाएको सुनाउँदै अहिले सबै जापाज, अमेरीका र पोर्चुगल रहेको उनको भनाइ छ ।

सुन्तला खेती गर्न थालेपछि कुनै पनि जग्गा बाँझो राख्न नपरेको कँडेलले बताए । सुन्तला खेती गर्दाका बखत सडकले गाउँ नजोडिएको भन्दै डोकोमा बोकेर बागलुङ बजार ल्याएर विक्री गरेको स्मरण गर्दै अहिले त्यस्तो अवस्था नरहेको बताए । बसाइँसराइ गरेर तराई झरेकाहरुले पनि सुन्तलाको मायाले जग्गा जमिन नबेचेको उनले सुनाए ।

उनले भने – “सुरु सुरुमा ढोकोमा बोकेर बागलुङ बजार पु¥याउँथ्यौँ, अहिले व्यापारी बारीमै आएर बगानै किन्छन्, बगानै विक्री गर्दा हामीहरुले उचित मूल्य पाउन सक्दैननौँ, व्यापारीलाई बगान नदिँदा बजार नपाएर कुहिने डर हुन्छ, राज्यले हाम्रो उत्पादनलाई उचित मूल्य दिएर बजारीकरण गरिदिने भए धेरै आम्दानी गर्न सकिन्थ्यो ।”

जिल्लाकै बढी सुन्तला फलाउने लोकथान
लोकनाथ बागलुङ जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसान हुनु् । उनले गत वर्ष रु १३ लाखको सुन्तला विक्री गरेका थिए भने यस वर्ष रु १५ लाखको विक्री गरि सके । थप दुई लाखको परिवारले खानका लागि राखेको कँडेलले सुनाए । ३० बोटबाट खेती सुरु गरेको भन्दै हरेक वर्ष नयाँ विरुवा थप्दै गएको उनको भनाइ छ ।

हालसम्म करिब २५ लाख बढी लगानी गरि सकेको कँडेलले बताए । अहिले किमबोट गाउँमा सुन्तला खेती नगर्ने कोही पनि नभएको उनको भनाइ छ । पछिल्लो समय बिहुँ क्षेत्र सुन्तला गाउँका रुपमा पचिरित हुँदै गएको उन बताउँछन् । यस वर्ष चितवन र धादिङका व्यापारीले सुन्तला बगान खरिद गरि सकेको कँडेलले बताए । सुन्तलाको दाना बढ्ने बेला असिना पर्दा केही क्षति भए पनि अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative