Logo

Oct 29 2026 | २०८३, कात्तिक १३ गते

Oct 29 2026 | २०८३, कात्तिक १३ गते

images
खेलकुद

काठेखोला गाउँपालिकास्तरीय महिला भलिबलकाे उपाधि लक्ष्मी माविलाई

काठेखोला गाउँपालिकास्तरीय महिला भलिबलकाे उपाधि लक्ष्मी माविलाई

बागलुङ । काठेखोला गाउँपालिकास्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताकाे उपाधि लक्ष्मी माध्यमिक विद्यालय धम्जाले चुमेकाे छ । काठेखोला गाउँपालिका भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल पुजा व्यवस्थापन समिति लेखानी कादेशले द्वितीय हाँसिल गरेको छ भने जनता माध्यमिक विद्यालय धम्जाले तृतीय स्थान प्राप्त गर्न सफल भएको छ ।

प्रतियाेगिता हरितालिका तीज पर्वको अवसर पारेर शनिबारदेखि भीमसेन माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको थियाे । प्रतियोगिता मुल समारोहको उद्घाटन काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गरेका थिए । उनले कार्यक्रममा बाेल्दै खेलकुदले राष्ट्रकै पहिचानलाई उचो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । काठेखोला गाउँपालिकाले पनि खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, काठेखोला गाउँपालिका–६ का वडाअध्यक्ष बृहस्पति शर्मा, कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम वि.क., जिल्ला भलिबल संघ, बागलुङका उपाध्यक्ष किशोर थापा लगायतले मन्तव्य राखेका थिए । प्रतियोगितामा काठेखोला गाउँपालिका भित्रका सात समूहकाे सहभागिता रहेकाे थियाे ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

नयाँ अपडेट