Logo

Oct 27 2026 | २०८३, कात्तिक ११ गते

Oct 27 2026 | २०८३, कात्तिक ११ गते

images
बाढीले क्षति

निसीखोलामा बाढीको बितण्डा, के के भयाे क्षति ?

निसीखोलामा बाढीको बितण्डा, के के भयाे क्षति ?

बागलुङ । यो शताब्दीमै निसीखोला उर्लिएर कुनै पनि मानवीय र भौतिक क्षति पु¥याएको थिए । बर्खामा मात्रै उर्लिएर केही जल सतह बढे पनि बस्तीमा नपस्ने विश्वासले स्थानीयले निसीखोला छेउमा बस्ती बसाएका थिए । व्यापार व्यवसाय र अन्य गतिविधि पनि त्यही खोला आसपासकै बजारबाट हुँदै आएको थियो ।

असोज ११ गते विहान निसीखोलामा बाढी आयो । बाढीले वडा नम्बर ४ को कानाबगर र झिवाखोला बजार क्षत्रलाई तहसनहस बनायो । दुई वटै बजारको पुराना बस्ती बाढीसँगै बगे । घर बगेपछि अहिले सयौँ नागरिक बेघरबार भएका छन् ।

बाढीले दुई वटा बजारका ३५ बगाएको छ । मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलो छ । बाढीले घर बगाएपछि स्थानीय बिचल्ली भएको छ । कतिपय आफन्तको आश्रय लिए पनि कतिपय वडा कार्यालय र सार्वजनिक भवनमा रात कटाउन बाध्य छन् ।

बाढीले निसीखोलाको वडा नम्बर ४ लाई मात्रै प्रभावित बनाएको छ । वडा नम्बर ४ र ५ को सिमाना कालापैराबाट सुरु भएको बाढी वडा नम्बर ३ र ४ को सिमानासम्म फैलिएको छ । त्यसभन्दा तल र माथि भने क्षति पुगेको छैन । गाउँपालिकाले प्रारम्भिक चरणमा पीडितलाई राहत उपलब्ध गराएको छ ।

बाढीले नागरिकको घर मात्रै बगाएको छैन, एउटा बोडिङ स्कूल, झोलुङ्गे पुल र सयौँ रोपनी खेतीयोग्य जमिन भित्राउने बेलाको धानसहित बगाएको छ । खेतहरु बगरमा परिणत भएका छन् । मध्यपहाडी लोकमार्गको ठाउँ ठाउँमा कटान गरेको छ ।

सरकारले बाढी पीडितलाई तत्कालका लागि गास, बास र आवाससहित सुरक्षाको अनुभूत गराउनुका साथै दीर्घकालीन व्यस्थापनका गर्न तर्फ ध्यान दिन जरुरी छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative