बागलुङ । भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि बुर्तिबाङ हिमाली पोलिक्लिनिक प्रालिले एक लाख ७५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ । बाढीमा परि ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उद्धार र उपचारका लागि सहयोग गरेको हो ।
पोलिक्लिनिकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरि दिएको संचालक छमाया अर्गेजाले बताइन् । पोलिक्लिनिक संचालक छमाया अर्गेजाले एक लाख ५५ हजार ५५ रुपैयाँ र पोलिक्लिनिकमा कार्यरत डाक्टर लगायतका कर्मचारीले १९ हजार ५०० रुपैयाँ उद्धार कोषमा जम्मा गरि दिएको हो ।
विपद्मा परेका नागरिकलाई सहयोग गर्ने मानवीय दायित्व रहेको भन्दै उद्धार र पुनःस्थापनाका लागि थोरै भए पनि टेवा पुर्याउने उद्देश्यले रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरि दिएको अर्गेजाले बताइन् ।
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative