Logo

Sep 11 2026 | २०८३, भदौ २६ गते

Sep 11 2026 | २०८३, भदौ २६ गते

images

अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली परिचालन

अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली परिचालन

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो जानकारी दिएकी हुन् ।

उनले यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । उक्त घटनालाई मन्त्रालयले निकै गम्भीरतापूर्वक लिएको र सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइसकिएको उनको भनाइ छ । छानबिन निष्पक्ष हुने र घटनाको वास्तविकता छिट्टै बाहिर ल्याइने मन्त्री मेहताले स्पष्ट पारेकी छन् ।

छानबिनका क्रममा स्वास्थ्यकर्मी वा अस्पताल प्रशासनको तर्फबाट कुनै पनि प्रकारको गल्ती वा लापरबाही देखिएमा सम्बन्धित जो–कोहीलाई पनि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्री मेहताले चेतावनी दिएकी छन् ।

प्रत्येक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै उनले भनेकी छन्, ‘स्वास्थ्य सेवामा नागरिकको विश्वास र अधिकारप्रति मन्त्रालय सदैव संवेदनशील र प्रतिबद्ध छ ।’

अस्पताल पुगेकी गर्भवती महिलाले समयमै भर्ना र उपचार नपाएर अस्पताल परिसरबाहिरै खुला ठाउँमा बच्चा जन्माउनु परेको भिडियो तथा समाचार सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेका बेला स्वास्थ्यमन्त्रीको यस्तो प्रतिक्रिया र कदम आएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

नयाँ अपडेट