बागलुङ । कलाकार रोशनी पन्तकाे तीज गीत ‘खोली तरौला’ सार्वजनिक भएको छ। रोशनी पन्त युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएकाे हाे ।
युवराज आचार्य, बसन्तराज पन्त र रोशनी पन्तले स्वर भरेकाे गीतकाे शब्द रोशनी पन्तले लेखेकी हुन् । बसन्तराज पन्तले संगीत भरेको गीतमा सांस्कृतिक महत्व, नेपाली मौलिकता र मनोरञ्जन प्रस्तुत गरिएकाे छ।
विदेशमा रहेर पनि नेपाली गीत–संगीत र मौलिक संस्कृतिप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै आएका पन्त दम्पतीले यस गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा आफ्नो सिर्जनात्मक उपस्थितिलाई अघि बढाएका छन्।
गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ मनोज दंगोलले गरेका हुन्। गीतकाे भिडियाे अर्जुन थापा मगरले निर्देशन गरेका हुन्। भिडियोमा रोमन घमालले कोरियोग्राफी गरेका छन् भने राजेन्द्र नेपाली (लटे), वर्षा पन्त र सरिता दनकोटीको अभिनय रहेको छ।
भिडियोको छायांकन तथा सम्पादन कमल एलेक्सले गरेका हुन्।
भिडियाे
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative