बागलुङ । बागलुङका नेवार समुदायले जाेगी नाच प्रदर्शन गरेर संकलन गरेकाे भेटी बाढीपीडितलाई सहयाेग गरेकाे छ । गाईजात्रा पर्वको अवसरमा बागलुङ बजारमा प्रदर्शन गरिएकाे तीन सय वर्ष पुरानो जोगी नाच प्रदर्शनबाट संकलन भएकाे २८ हजार रूपैयाँ बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिएको हो ।
केही दिन अगाडि शाक्य कल्याण समाजले बागलुङ बजारमा जोगी नाच प्रदर्शन गरेकाे थियाे । संकलित रकम बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यमार्फत प्रधानमन्त्री उद्दार कोषमा रकम पठाईएको शाक्य कल्याण समाजका अध्यक्ष बाबुलाल शाक्यले जानकारी दिए। बाढीले ठूलो जनधनको क्षति भएको र प्रभावित नागरिकको उद्वार, राहत र पुनस्थापनाको लागि संकलित भेटी उद्वार कोषमा पठाईएको अध्यक्ष शाक्यले बताए ।
त्यस्तै नेवाः खल गलकोटले गाईजात्राको अवसरमा लाखे नाच प्रदर्शनका क्रममा सङ्कलित भेटी बाढीपीडितलाई सहयोग गरेको छ । लाखे नाच देखाउने क्रममा सङ्कलित ५२ हजार १ सय ८३ रुपैयाँ कोषमा जम्मा गरिएको संस्थाका अध्यक्ष प्रनाथ श्रेष्ठले जानकारी दिए ।
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative