Logo

Sep 11 2026 | २०८३, भदौ २६ गते

Sep 11 2026 | २०८३, भदौ २६ गते

images
विकासकाे गति

म्याग्दीकाे मुना हुँदै ढाेरपाटनमा पहिलाे पटक गाडी पुग्याे

म्याग्दीकाे मुना हुँदै ढाेरपाटनमा पहिलाे पटक गाडी पुग्याे

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका हुदै ढोरपाटनमा पहिलो पटक गाडी पुगेको छ । धवलागिरी गाउँपालिकाको केन्द्र मुनादेखि खोरीया, मरेनी, जलजला, गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने सडकमा सवारी साधन चल्न थालेका हुन् । गत असार महिनामा मार्ग खुलेको सडक प्रयोग गरेर शुक्रबार धवलागिरी गाउँपालिकाको बा १ झ ७०७ नम्बरको गाडी मुना हुदै ढोरपाटन पुगेको हो ।

धवलागिरी गाँउपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, योजना अधिकृत हरिहर पनेरु, पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावल र प्राविधिक जनक धानुकको टोली मुनादेखि हालै मार्ग खुलेको सडक हुदै ढोरपाटन पुगेको हो ।

बेनीदेखि ७५ किलोमिटरको दुरीमा ढोरपाटन पुग्न सकिने यो सडकलाई धवलागिरी गाउँपालिका मात्र नभएर पश्चिम म्याग्दीको समग्र पूर्वाधार विकासमा टेवा पुग्ने धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

गत आर्थिक वर्षमा संघीय सरकारले बिनियोजन गरेको रु. पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजना मार्फत म्याग्दीको धवलागिरी गाउँपालिका-२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्याक निर्माण भएको छ । मरेनीमाथिको जंगलदेखि जलजलातर्फ गत असारमा निर्माण भएको नौ किलोमिटर सडक मर्मत गरेर गाडी चल्ने बनाइएको हो । घुम्ती र ग्रेड सुधार गर्न बाँकी यो सडकको जलजला क्षेत्रमा हिउँ नपरेको अवस्था जिप, ट्याक्टर र मोटरसाइकल सञ्चाल नगर्न सकिने अध्यक्ष पुनले बताए ।

मुनादेखि तल्लो जलजलाको दुरी १४ किलोमिटर छ । ढोरपाटनबाट जलजला जोड्ने १० किलोमिटर कच्ची सडक यसअघिनै जोडिएको थियो । बेनीदेखि वि.सं. २०५५ मा यो सडक निर्माण सुरु भएको थियो। बेनीदेखि मुना-खोरीया-मरेनी हुदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग खुलेको हो ।

जलजला, ढोरपाटन र उत्तरगंगा जाने पर्यटक तथा स्थानीयबासीहरुलाई यो सडक छोटो पर्छ । धवलागिरि गाउँपालिका-२ खोरियामा छ वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले चार वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।

बेनी देखि तातोपानी-बाबियाचौर हुदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकार मार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरबाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शिर्षकमा योजना सञ्चालन गरेको प्रदेश सभा सदस्य रेशम जुग्जालीले बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative