Logo

Sep 11 2026 | २०८३, भदौ २६ गते

Sep 11 2026 | २०८३, भदौ २६ गते

images
ग्यास अभाव

ग्यास पाउन घण्टाैँ लाइन (भिडियाे रिपाेर्ट)

ग्यास पाउन घण्टाैँ लाइन (भिडियाे रिपाेर्ट)

बागलुङ । पछिल्लो एक साता यता बागलुङमा खाना पकाउने ग्यास माग निकै बढेको छ । एलपी ग्यासका विक्रेताहरुले बजारमा ग्यास अभाव नभएको दाबी गर्दै आए पनि उपभोक्ताले नपाएको गुनासो गर्दै आएका छन् । खास गरि बागलुङ बजारमा खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति चार बजेदेखि खाली सिलिण्डर लिएर ग्यास डिलरमा पुग्छन् ।

एक÷दुई दिन कुरेर मात्र भरिएको सिलिण्डर लिएर फर्किछन् । पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो । विगत जस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन् । केहीसँग मात्र ग्यासको विकल्प भए पनि यहाँका अधिकांश नागरिक खाना पकाउने एलपी ग्यासमा परनिर्भर छन् ।

ग्रामीण क्षेत्रमा वैकल्पिक इन्धनको व्यवस्था भए पनि सहरी क्षेत्रमा सजिलै दाउरा, गुइँठा पाउने अवस्था पनि छैन । यसअघि ग्यासमा निर्भर रहनेहरूले यसको अभावमा समस्या भोग्दै आउनुपरेको छ । शुक्रबार पनि बागलुङ बजारको समिक्षालयचोकदेखि लोकतान्त्रिकचोकसम्म सिलिण्डर समाएर लाइनमा बसेका उपभोक्ता पालो कुरे । राज्यले ग्यास आपूर्तिमा चासो नदिँदा सास्ती खेप्नु परेको उपभोक्ताको गुनासो छ ।

ग्यासका लागि सिलिण्डर लिएर उपभोक्ता घण्टौ लाइनमा बसे पनि विक्रेताहरुले भने आपूर्तिमा समस्या नभएको बताउँछन् । बजारमा दैनिक जसो ग्यास वितरण हुँदै आए पनि उपभोक्ता दिन दिनै सिलिण्डर लिएर डिलरमा पुग्छन् । विक्रेताले एक परिवारलाई एउटा ग्यास सहज रुपमा उपलब्ध गराए पनि अनावश्यक भण्डारण गर्दा समस्या आएको बताउँछन् ।

बागलुङ बजारमा ग्यास डिलरबाहेक किराना पसल, दाना पसल र अन्य पसलहरुबाट ग्यास किनबेच हुने गरेको छ । यसरी किन बेच हुँदा उपभोक्ता ठगिने गरेका छन् । यही साता ग्यास कालोबजारी गरेको अरोपमा एक जनालाई नियन्त्रणमा लिएर मुद्धासमेत चलाएको छ । ग्यास आपूर्तिलाई सहज बनाउन उपभोक्ता र विक्रेता सचेत हुन भने जरुरी देखिन्छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

नयाँ अपडेट